घाइते रुखबाट लडेर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु,
- ३० असार २०८२,सोमबार Updated
- / 300 Read
काभ्रेपलाञ्चोक असार ३० । चनौटेको तीनअंके डाँडा सामुदायिक बनमा खस्रोको रुखमा चढी घाँस काट्ने क्रममा खसेर घाइते भएका आलेमगरको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख ज्ञानकुमार महत्तोले जानकारी दिए ।
सिन्धुलीको फिक्कल गाउँपालिका-३ चनौटे बस्ने ४१ वर्षीय इन्द्र आले मगरको रूखबाट लडेर मृत्यु भएको छ ।
आइतबार साँझ करिब साढे ६ बजेदेखि सडकमा आएको लेदोले बीपी राजमार्गको रोशी गाउँपालिका–९ पिन्थली र मंगलटार बिरुवाडाँडा र ९ र ११ को सिमाना कालढुङ्गा क्षेत्र अवरुद्ध भएपछि उनलाई खुर्कोटबाट मन्थली-चरिकोटको बाटो हुँदै काठमाडौं लैजान लागिएको थियो ।
स्थानीय चनौटे अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि उनलाई दोलखाको चरिकोटमा रहेको पशुपती चौलागाईं स्मृति अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
बीपी राजमार्ग सोमबार बिहानदेखि मात्रै सञ्चालनमा आएको छ ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR