दुई नेपालीको मृत्यु अमेरिकामा भएको कार दुर्घटनामा ;
- ३१ असार २०८२,मंगलवार Updated
- / 153 Read
काठमाडौं असार ३१ । लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको हो ।
लुइजियाना राज्य प्रहरीलाई उद्धृत गर्दै असार २९ गते राति करिब ९ बजे भएको कार दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । एक अनलाइन माईआर्कलामिस डटकमले पनि दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको समाचार लेखेको छ । तर त्यसमा पनि उनीहरुको नेपालको ठेगाना उल्लेख छैन ।
कारमा सवार अन्य दुई जना भने घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनासम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।
प्रहरीका अनुसार कार यादवले चलाइरहेका थिए । सो कारमा ओलीसहित अरु दुई जना पनि थिए । भारी वर्षा भइरहेका बेला सो कार सडकमा चिप्लिएर रूखमा ठोक्किएको र त्यसपछि आगो लागेको थियो । प्रहरीका अनुसार यादव र ओलीको घटनास्थलमै मृत्यु भएको थियो ।
विश्वविद्यालयबाट शोक व्यक्त
विश्वविद्यालयका अध्यक्ष जिम हेन्डरसनले घटनाबारे जानकारी दिँदै फेसबुकमा लेखेका छन्, ‘हामीले हेरचाहलाई मूल्यवान आदर्शको रूपमा अँगालेका छौं । सधैं एकअर्काको हेरचाह गरिरहनुहोस् ।’
लुइजियाना टेक विश्वविद्यालयले घटनापछि शोक विज्ञप्ति जारी गर्दै दिवंगत विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । तर त्यसमा मृतक विद्यार्थीहरुको नाम–ठेगाना भने उल्लेख छैन ।
विश्वविद्यालयका अनुसार विद्यार्थीहरूलाई परामर्श सेवा पनि उपलब्ध गराइएको छ ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR