पाँचथर : सेफ्टिक टयांकीमा काम गर्ने क्रममा एक जनाको मृत्यु, २ मजदुर बेहोस
- २ श्रावण २०८२,बिहीबार Updated
- / 283 Read
काठमाडौं साउन १ । बुधबार साँझ फाल्गुनन्द गाउँपालिका–५ घुर्बिसेमा निर्माणाधीन सेफ्टिक ट्यांकीमा काम गर्ने क्रममा तीन मजदुर बेहोस भएका थिए । ती मध्ये एक मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हेमन्त भण्डारीले बताए ।
घुर्बिसे पञ्चमी सहकारी संस्थाले बनाउँदै गरेको सेफ्टिक ट्यांकीमा उनीहरू काम गरेका थिए । सेफ्टिक ट्यांकीभित्र सुरुमा एक जना मजदुर छिरको र उनी बेहासे भएपछि निकाल्न भन्दै अरू दुई जनाभित्र पसेको पाइएको डीएसपी भण्डारीले बताए । उनीहरू पनि बेहोस भएका थिए ।
यो जानकारी पाउनासाथ प्रहरी चैकी फाक्तेपबाट असई शेरबहादुर राईको कमान्डमा ६ जनाको टोली घटनास्थलमा खटिएको थियो । जेसीबीको सहयोगले उनीहरूले बाहिर निकालिएको थियो ।
उनका अनुसार मृत्यु हुनेमा फाल्गुनन्द गाउँपालिका–५ का ३८ वर्षीय रत्न चेम्जोङ छन् । बाँकी दुई जना सोही ठाउँका २४ वर्षीय भिष्म चेम्जोङ र ४० वर्षीय बिरु चेम्जोङको अहिले पनि उपचार जारी छ ।
त्यसपछि उपचारका लागि इलाम अस्पताल लगिएको रत्नको मृत्यु भएको बताइएको छ ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR