११ श्रावण २०८३,सोमबार

आरजु र पूर्णबहादुरसँगको तस्बिरबारे दुर्गा प्रसाईको स्पष्टीकरण

  • १४ फाल्गुन २०८२,बिहीबार Updated
  • / 111 Read

आरजु र पूर्णबहादुरसँगको तस्बिरबारे दुर्गा प्रसाईको स्पष्टीकरण

 

काठमाडौं, १४ फागुन । मेडिकल व्यवसायी दुर्गा प्रसाईले आरजु राणा देउवा र पूर्णबहादुर खड्कासँगको सार्वजनिक तस्बिरबारे स्पष्टीकरण दिएका छन्।

सामाजिक सञ्जालमा तस्बिर भाइरल भएपछि प्रसाईले उक्त तस्बिर सक्कली भएको स्वीकार गरे। उनले आफू हिरासतमा रहेका बेला पुरानो तस्बिरलाई नयाँ मिति राखेर षड्यन्त्रपूर्वक सार्वजनिक गरिएको आरोप लगाए।

प्रसाईले आफ्नो हातमा सत्ता आए ती नेताहरूलाई कानुनी दायरामा ल्याउने दाबी समेत गरे। उनले शेरबहादुर देउवा र केपी ओली लगायतका नेताभन्दा मुलुकको अवस्था र जनताको मुद्दा आफूका लागि महत्वपूर्ण रहेको बताएका छन्।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page