११ श्रावण २०८३,सोमबार

रौतहटमा ५ दिन विदेशी नम्बर प्लेटका सवारी साधनमा पूर्ण रोक

  • १७ फाल्गुन २०८२,आईतवार Updated
  • / 115 Read

रौतहटमा ५ दिन विदेशी नम्बर प्लेटका सवारी साधनमा पूर्ण रोक

रौतहट। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रौतहट जिल्लाभर विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा पाँच दिनका लागि पूर्ण प्रतिबन्ध लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबार सूचना जारी गर्दै फागुन १७ गतेदेखि २१ गतेसम्म प्रतिबन्ध लागू हुने जनाएको हो। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार यस्तो कदम चालिएको प्रशासनले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा सीमावर्ती क्षेत्रबाट हुन सक्ने सम्भावित सुरक्षा चुनौती तथा अवाञ्छित गतिविधिलाई ध्यानमा राख्दै विदेशी सवारी साधन सञ्चालनमा रोक लगाइएको उल्लेख छ।

प्रशासनका अनुसार निर्वाचन सुरक्षा योजनाअन्तर्गत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ भने सुरक्षा व्यवस्थालाई थप कडा पारिएको छ। आदेश उल्लंघन गर्ने व्यक्ति वा सवारी साधनलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।

 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page