११ श्रावण २०८३,सोमबार

मुगुको खत्याडमा भाइरल ज्वरोको प्रकोप, १ को मृत्यु, ४ सयभन्दा बढी प्रभावित

  • १७ फाल्गुन २०८२,आईतवार Updated
  • / 135 Read

मुगुको खत्याडमा भाइरल ज्वरोको प्रकोप, १ को मृत्यु, ४ सयभन्दा बढी प्रभावित

मुगु । खत्याड गाउँपालिका–९ स्थित नर्खजी गाउँमा फैलिएको भाइरल ज्वरोका कारण एक जनाको मृत्यु भएको छ भने चार सयभन्दा बढी स्थानीय बिरामी परेका छन् ।

मृत्यु हुनेमा अन्दाजी ५० वर्षीया पञ्चकली बिटालु रहेको स्थानीय स्रोतले जनाएको छ । एक सातादेखि ज्वरोले थलिएकी उनको आइतबार उपचारकै क्रममा निधन भएको हो ।

स्थानीयका अनुसार फागुन ७ गतेदेखि सुरु भएको ज्वरो नर्खजीका चार बस्तीमा तीव्र रूपमा फैलिएको छ । बिरामीमा ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, रिंगटा लाग्ने तथा खकारमा रगत देखिने लक्षण देखिएको छ । बालबालिका, महिला र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

नर्खजी स्वास्थ्य चौकीमा बेड अभाव हुँदा बिरामीहरू भुइँ र बाहिरै आराम गर्न बाध्य छन् । स्वास्थ्य चौकी इन्चार्ज अमर बिकका अनुसार दैनिक २० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।

प्रकोपको सूचना पाएपछि जिल्ला अस्पताल, पालिकाको स्वास्थ्य शाखा र सरोकारवाला निकायले समन्वय थालेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी विभाकर मिश्रका अनुसार औषधिसहितको टोली प्रभावित क्षेत्रमा पठाइएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page