१२ श्रावण २०८३,मंगलवार

राष्ट्र बैंकले ६ दिनका लागि १ खर्ब रुपैयाँ बजारबाट निक्षेप खिच्ने

  • १९ फाल्गुन २०८२,मंगलवार Updated
  • / 130 Read

राष्ट्र बैंकले ६ दिनका लागि १ खर्ब रुपैयाँ बजारबाट निक्षेप खिच्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापनका लागि ६ दिनका लागि १ खर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ।

राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इच्छुक बैंक तथा वित्तीय संस्थालाई मंगलबार दिउँसो ३ बजे सम्म अनलाइन बोलकबोलमार्फत सहभागिता जनाउन आह्वान गरेको छ। न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।

निक्षेप संकलनको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने साँवा र ब्याज भुक्तानी फागुन २५ गते हुने राष्ट्र बैंकले जनाएको छ। सबैभन्दा कम ब्याजदरको प्रस्तावलाई प्राथमिकतामा राखेर बाँडफाँट गरिने व्यवस्था गरिएको छ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page