११ श्रावण २०८३,सोमबार

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ३० अर्ब खिच्ने

  • २७ फाल्गुन २०८२,बुधबार Updated
  • / 152 Read

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ३० अर्ब खिच्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न बजारबाट ३० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ।

राष्ट्र बैंकले २८ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम खिच्न लागेको जनाएको छ। यसका लागि बुधबार बोलकबोल आह्वान गरिएको छ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणमार्फत उठाइने रकमको साँवा तथा ब्याज भुक्तानी चैत २५ गते हुने छ। यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण गरिनेछ।

बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकम बराबर बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ।

निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राख्दै क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।

 

 

 

 

 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page