एनेस्थेसियोलोजिस्ट अभावले सिन्धुली अस्पतालमा शल्यक्रिया सेवा ठप्प
- २७ फाल्गुन २०८२,बुधबार Updated
- / 123 Read
सिन्धुली । सिन्धुली अस्पतालमा एनेस्थेसियोलोजिस्ट (बेहोस पार्ने चिकित्सक) नहुँदा शल्यक्रिया सेवा करिब एक महिनादेखि ठप्प भएको छ।
अस्पताल प्रशासनका अनुसार एनेस्थेसियोलोजिस्टको अभावका कारण हाडजोर्नी, एपेण्डिक्स तथा प्रसूति सम्बन्धी शल्यक्रियासमेत रोकिएका छन्। शल्यक्रिया गर्नुपर्ने बिरामीलाई धुलिखेल, जनकपुर लगायतका अस्पतालमा रिफर गर्नुपरेको अस्पतालले जनाएको छ।
स्थानीयका अनुसार जिल्लामै करिब १० हजार रुपैयाँमा हुने शल्यक्रियाका लागि बाहिर जानुपर्दा एम्बुलेन्स खर्च मात्रै त्यति नै रकम तिर्नुपर्ने अवस्था आएको छ। अस्पतालमा हाडजोर्नीका दुई जना विशेषज्ञ चिकित्सक भए पनि एनेस्थेसियोलोजिस्ट नहुँदा सामान्य शल्यक्रिया समेत हुन सकेको छैन।
अस्पतालमा विगत एक वर्षमा पाँच सयभन्दा बढी शल्यक्रिया गरिएको भए पनि हाल एक जना विशेषज्ञ चिकित्सकको अभावले सेवा पूर्ण रूपमा बन्द भएको छ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले विशेषज्ञ चिकित्सकको अभावका कारण सेवा प्रभावित भएको स्वीकार गर्दै छिट्टै विज्ञापन आह्वान गरी एनेस्थेसियोलोजिस्ट पठाउने र त्यसअगाडि वैकल्पिक व्यवस्था गर्ने तयारी भइरहेको बताएका छन्।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR