माघमा वार्षिक मुद्रास्फीति ३.२५ प्रतिशतमा झर्यो
- २८ फाल्गुन २०८२,बिहीबार Updated
- / 93 Read
काठमाडौं । नेपालमा माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति घटेर ३.२५ प्रतिशतमा सीमित भएको छ। नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१६ प्रतिशत रहेको थियो।
प्रतिवेदनअनुसार समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५० प्रतिशत तथा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६६ प्रतिशत रहेको छ। चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा औसत मुद्रास्फीति १.९२ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४.८६ प्रतिशतभन्दा उल्लेख्य रूपमा कम हो।
खाद्य समूहअन्तर्गत तरकारीको मूल्य ११.६३ प्रतिशत, घ्यू तथा तेल ७.६१ प्रतिशत र फलफूल ७.४१ प्रतिशतले बढेको देखिएको छ। यद्यपि दाल तथा गेडागुडी ५.१९ प्रतिशत तथा अन्य खाद्यजन्य वस्तुको मूल्य २.९७ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।
प्रदेशगत रूपमा सबैभन्दा बढी मुद्रास्फीति मधेश प्रदेश मा ५.१४ प्रतिशत रहेको छ। सबैभन्दा कम मुद्रास्फीति कर्णाली प्रदेश मा १.६२ प्रतिशत र सुदूरपश्चिम प्रदेश मा १.६४ प्रतिशत रहेको छ।
त्यस्तै काठमाडौं उपत्यका मा मुद्रास्फीति ३.४८ प्रतिशत रहेको छ भने माघ महिनामा थोक मुद्रास्फीति ६.२१ प्रतिशत पुगेको छ। प्रतिवेदनमा सन् २०२६ जनवरीमा भारत को उपभोक्ता मुद्रास्फीति २.७५ प्रतिशत रहेको उल्लेख गरिएको छ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR