Flash News ::
कञ्चनपुर दुर्घटनाः जिप र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
Posted By -लोक आवाज
- २८ फाल्गुन २०८२,बिहीबार Updated
- / 121 Read
धनगढी । कञ्चनपुर मा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
बेदकोट नगरपालिका–७ लालपुरस्थित पूर्वपश्चिम राजमार्ग मा से १ च १४०५ नम्बरको जिप र म २ प ३५०६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय का डीएसपी टेकबहादुर जोरा ले जानकारी दिए।
दुवै जनाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल मा राखिएको छ भने मृतकहरूको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR