वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सोपान फर्मास्यूटिकल्सको आईपीओ चैत ९ देखि खुल्ने
- २९ फाल्गुन २०८२,शुक्रबार Updated
- / 110 Read
काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत ९ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
कम्पनीले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँ मूल्यका ४२ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत अर्थात ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको कम्पनीले जनाएको छ।
त्यसैगरी ५ प्रतिशत अर्थात २ लाख १४ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि तथा ४ प्रतिशत अर्थात १ लाख ७१ हजार ६ सय कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ३४ लाख ७४ हजार ९ सय कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक गरिनेछ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्कासन अवधि चैत २३ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत तथा सिडिएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ प्रणालीबाट सि–आस्बा मार्फत दिन सकिनेछ।
आईपीओका लागि केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयरएनपी बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ। कम्पनीको साधारण लगानी फिर्ता अवधि ८.११ वर्ष र डिस्काउन्ट लगानी फिर्ता अवधि ११.३५ वर्ष रहेको जनाएको छ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR