५ बैशाख २०८३,शनिबार

पोखरामा नेपाल–भारत विद्युत बैठक : आयातित बिजुलीको दर १.५ प्रतिशत बढ्यो

  • २९ फाल्गुन २०८२,शुक्रबार Updated
  • / 91 Read

पोखरामा नेपाल–भारत विद्युत बैठक : आयातित बिजुलीको दर १.५ प्रतिशत बढ्यो

काठमाडौं । पोखरामा सम्पन्न नेपाल–भारत विद्युत आदान–प्रदान समिति (पिइसी) को १७औँ बैठकले भारतबाट आयात हुने विद्युतको खरिद दर १.५ प्रतिशत बढाउने सहमति गरेको छ।

फागुन २८ र २९ गते दुई दिनसम्म चलेको बैठकले आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्यबाट नेपालले आयात गर्ने विद्युतको नयाँ दर निर्धारण गरेको हो।

सहमति अनुसार १३२ केभी प्रसारण लाइनमार्फत खरिद गरिने विद्युतको दर प्रति युनिट ८ रुपैयाँ २२ पैसा, ३३ केभी स्तरमा ८ रुपैयाँ ९१ पैसा र ११ केभी स्तरमा ९ रुपैयाँ ५५ पैसा कायम गरिएको छ।

बैठकमा नेपालको नेतृत्व नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले गरेका थिए भने भारतीय पक्षको नेतृत्व केन्द्रीय विद्युत प्राधिकरणका बोर्ड सदस्य विजय कुमार सिंहले गरेका थिए।

दुवै पक्षबीच आगामी वर्ष विद्युत खरिद दरको संरचनाबारे पुनः वार्ता गर्ने सहमति भएको छ। यो सहमतिले सुख्खा मौसममा विद्युत आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page