बाजुरामा हावाहुरीसहित असिना, गहुँबालीमा क्षति
- १ चैत्र २०८२,आईतवार Updated
- / 53 Read
बाजुरा। बाजुरामा हावाहुरीसँगै असिना पानी परेपछि किसानले लगाएको हिउँदे बालीमा क्षति पुगेको छ। आइतबार बिहानदेखि मौसम बदलिएसँगै जिल्लाका नौ वटै स्थानीय तहमा असिना पानी परेको हो।
असिनासहितको हावाहुरीले खेतमा लगाइएको गहुँ, जौ, आलु, प्याज र टमाटर लगायतका तरकारी बालीमा असर पुगेको किसानहरूले बताएका छन्। हिउँदभरि मेहनत गरेर लगाएको बालीमा क्षति पुगेपछि किसानहरू चिन्तित बनेका छन्।
विशेषगरी त्रिवेणी, खप्तड छेडेदह, गौमुल र बडिमालिका क्षेत्रमा असिना पानीले बढी असर पारेको स्थानीयले बताएका छन्। असिनाका कारण गहुँ, जौ तथा तरकारी खेतीमा उल्लेख्य क्षति पुगेको बडिमालिका–७ का स्थानीय मोती पाध्यायले जानकारी दिए।
बाजुरामा हरेक वर्षजसो असिना पानीले हिउँदे बालीनालीमा असर गर्ने गरेको स्थानीयको भनाइ छ। कृषि ज्ञान केन्द्र बाजुराका अनुसार असिनाले गहुँबालीमा क्षति पुर्याए पनि भर्खरै लगाइएका फलफूलका बिरुवालाई भने केही राहत पुगेको छ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR