११ श्रावण २०८३,सोमबार

रवि लामिछानेविरुद्धको रिटमा आज पनि सर्वोच्चमा सुनुवाइ

  • २ चैत्र २०८२,सोमबार Updated
  • / 134 Read

रवि लामिछानेविरुद्धको रिटमा आज पनि सर्वोच्चमा सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सँग सम्बन्धित मुद्दा फिर्ता प्रकरणमा दायर रिट निवेदनमाथि आज पनि सर्वोच्च अदालत मा सुनुवाइ हुने भएको छ।
आइतबार सुनुवाइ सुरु भएको उक्त रिटमाथि बहस नसकिएपछि अदालतले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राख्दै सोमबारका लागि निरन्तर सुनुवाइ तोकेको हो।
रिटमाथि न्यायाधीश शारंगा सुवेदी र सुनीलकुमार पोखरेल को संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ।


महान्यायाधिवक्ता सविता भण्डारी बराल ले लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधनमार्फत फिर्ता लिन निर्देशन दिएपछि उक्त निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट दायर गरिएको हो।
काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका मुद्दामा सहकारी ठगीको अभियोग मात्रै अघि बढाउन भन्दै महान्यायाधिवक्ताले गत पुस ३० गते सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयलाई पत्रमार्फत निर्देशन दिएकी थिइन्।


उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल तथा सिन्धुलीका युवराज पौडेल ले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन्।
रिटमा महान्यायाधिवक्ताको निर्देशन कानुनविपरीत भएको दाबी गर्दै उक्त निर्णय खारेज गर्न माग गरिएको छ। सुनुवाइ आज पनि सर्वोच्च अदालतमा जारी रहनेछ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page