मोरङको प्रहरी इन्चार्जमा सरुवा भएका राजन लम्बिुको काज रद्द :
- ५ कार्तिक २०८१,सोमबार Updated
- / 285 Read
काठमाडौँ , कार्तिक ५ । जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखमा पुनः एसपी नारायण चिमरियालाई काज सरुवा गर्ने निर्णय गरिएको छ । कार्तिक २ मा प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक राजन लिम्बुलाई पठाउने निर्णय गरेको थियो । तर, ३ दिनमै सो निर्णय रद्द गरेर चिमरियालाई काज सरुवा गर्ने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । यसअघि मोरङमा कार्यरत एसपी नवराज कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा झिकाइएको थियो । उनीमाथि आर्थिक अपचलन गरेको आरोपमा छानबिन भइरहेको छ । कार्की नवराज कार्की २०८० फागुन २ मा मोरङ गएका थिए । नी ताप्लेजुङको इन्चार्ज हुँदा २०८० भदौमा कोशी प्रदेशका कांग्रेस सांसद खगेनसिंह हाङगामले उनलाई धम्की दिएका थिए । त्यसबेलादेखि नै उनीसँग कोशी प्रदेशको कांग्रेस नेतृत्व उनीसँग असन्तुष्ट रहेको प्रहरी अधिकारीहरू बताउँछन् । आइतबार काज सरुवा भएका चिमरिया प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा स्थानीय हुन् । उनी पनि प्रहरी भित्र एमालेप्रति उदार अधिकृत मानिन्छन् ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR