११ श्रावण २०८३,सोमबार

पाँच साथीले गरेका थिए कृष्णकुमारको हत्या, के थियो विवाद?

  • ५ कार्तिक २०८१,सोमबार Updated
  • / 292 Read

पाँच साथीले गरेका थिए कृष्णकुमारको हत्या, के थियो विवाद?

लहान, कार्तिक ५ । सिरहामा ५ जना लागुऔषध सेवनकर्ताले आफ्नै साथीको हत्या गरेको खुलेको छ । गोलबजार नगरपालिका–१३ का २१ वर्षीय कृष्ण कुमार महराको हत्या उनका आफ्नै साथीहरुले गरेको खुलेको हो । असोज २७ गते राति कृष्ण र रोहित सुखिपुर नगरपालिका–१०, शिवचौकमा दुर्गा पूजाको मेलामा गएका थिए । त्यहाँ उनीहरूका अन्य साथीहरू भेट भएका थिए । डीएसपी पासवानका अनुसार सबैले लागु पदार्थ सेवन गर्ने योजना बनाउँदै मेला स्थलभन्दा पूर्वतर्फको खोला नजिक गएका थिए ।
उनीहरूले लागूऔषध गाँजा र नाईट्राभेट ट्याबलेट सेवन गरेका थिए । सो क्रममा कृष्णले आफूले चिनेकी एक केटी साथीलाई भेट्न बोलाउने योजना सुनाए । अन्य साथीहरूले पनि ती महिलासँग भेट्ने इच्छा व्यक्त गरेपछि कृष्णले अस्वीकार गरे ।  हरीका अनुसार सोही विषयका उनीहरुबीच विवाद बढ्यो र रिसको आवेगमा हत्या योजना बनाए । पाँचैजनाले कृष्णलाई चारतैतिरबाट घेरा हालेर धारिलो कैंचीले घाँटी र पेटमा प्रहार गरी निर्ममतापूर्वक हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी पासवानले बताए ।  अपराध लुकाउन उनीहरूले गागन खोलाको पश्चिमतर्फ खाल्डो खनेर कृष्णको शरीरको माथिल्लो भाग बालुवाले ढाकेर फरार भएका थिए । असोज २८ गते कृष्णको शव फेला परेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा आफ्नै साथीद्वारा हत्या भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।  आरोपीहरुलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको डिएसपी पासवानले बताए ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page