१२ श्रावण २०८३,मंगलवार

सार्वजनिक ऋण : सरकारले तीन महिनामै लियो १ खर्ब ३६ अर्ब ;

  • ५ कार्तिक २०८१,सोमबार Updated
  • / 181 Read

सार्वजनिक ऋण : सरकारले तीन महिनामै लियो १ खर्ब ३६ अर्ब ;

सरकारले चालु आवको तीन महिना अवधिमा १ खर्ब ३६ अर्ब ३१ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण लिएको छ ।   ५ कात्तिक, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को तीन महिनाकै अवधिमा सरकारले १ खर्ब ३६ अर्ब ३१ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण लिएको छ ।
अर्थ मन्त्रालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार असोज मसान्तसम्म १ खर्ब १५ अर्ब आन्तरिक ऋण र २१ अर्ब ३१ करोड बाह्य ऋण गरी सरकारले १ खर्ब ३६ अर्ब ३१ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण लिएको हो । यस अवधिमा सरकारले ६९ हर्ब ३ करोड रुपैयाँ सार्वजनिक ऋण भुक्तानी समेत गरेको छ ।

तीन महिनामै उठाइयो वार्षिक लक्ष्यको २५ प्रतिशत ऋण

सरकारले चालु आर्थिक वर्षका कुल ५ खर्ब ४७ अर्ब रुपैयाँ बराबर सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ । असोज मसान्तसम्म १ खर्ब ३६ अर्ब ३२ करोड रुपैयाँ ऋण उठाइएको छ । जुन लक्ष्यको २४.९२ प्रतिशत हो । यस वर्ष ३ खर्ब ३३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य छ ।
ब्याजको भुक्तानीमा १४ अर्ब ४ करोड रुपैयाँ खर्च भएको छ । यस अवधिमा सरकारले आन्तरिक ऋणको साँवा भुक्तानीमा मात्र ५९ अर्ब ६० करोड रुपैयाँ खर्च गरेको छ । वाह्य ऋणको साँवा भुक्तानीमा ९ अर्ब ४३ करोड रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page