मीनबहादुरले जस्तै अन्य सेठ साहुले पनि चन्दा खुलेआम दिन सक्नुपर्छ :
- ५ कार्तिक २०८१,सोमबार Updated
- / 246 Read
काठमाडौँ कार्तिक ५ । व्यापारी मीनबहादुर गुरुङले एमालेको पार्टी कार्यालय निर्माणका लागि दिएको जग्गादानको विषयमा विभिन्न टीकाटिप्पणी भइरहेका छन् । कतिपयले गुरुङको दान एमालेले स्वीकार गरेको भनेर आलोचना गरिरहँदा केहीले चाहिँ गुरुङले खुलेआम चन्दा दान दिएर समाजलाई ऐना देखाएको टिप्पणी समेत गरेका छन् ।
रिष्ठ पत्रकार विजयकुमार गुरुङले राजनैतिक दललाई खुलेआम महादान दिएर पाखण्डको जगमा अडेका समाजलाई एैना देखाएको टिप्पणी गरेका छन् । अब नेपालका अन्य सेठ साहुले पनि चन्दा यसरी नै खुलेआम दिन सक्नुपर्ने उनको भनाइ छ । यस्तै उनले बडेमानका जवान मर्दहरू नजर झुकाएर बसेको ठाउँमा आफ्नो आत्माको आवाज निर्धक्क बोलेको एमाले नेत्रीद्वय वृन्दा पाण्डे र उषा किरण तिम्सेनाको पनि तारिफ गरेका छन् । उनीहरुले मीनबहादुरको जग्गा दान स्वीकार गरेको विषयमा असन्तुष्टि जनाउँदै सार्वजनिक अभिव्यक्ति दिएपछि पार्टीले स्पष्टीकरण सोधेको छ । जुन स्पष्टीकरणमा नेता भीम रावलसमेत परेका छन् ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR