११ श्रावण २०८३,सोमबार

जनकपुरविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्दै :

  • १७ मंसिर २०८१,सोमबार Updated
  • / 217 Read

जनकपुरविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्दै :

काठमाडौं मंसिर १७ । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । टीयू क्रिकेट ग्राउन्डमा जनकपुर बोल्टस्‌विरुद्ध कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका हुन् । कर्णालीमा शिखर धवन, बाबर हायात, चाडविक वाल्टन र जीशान मकसुद छन् । जनकपुर बोल्टस्‌ले शनिबार विराटनगर किंग्सलाई पराजित गरेर लिगमा २ अंक जोडिसकेको छ । जनकपुरको कप्तानी अनिल शाहले सम्हालिरहेका छन् । आजै बिहान भएको दोस्रो दिनको खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गर्दै चितवन राइनोजले विजयी सुरुआत गरेक छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page