रवि लामिछानेको मुद्दा फिर्ता निर्णयविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ
- १ चैत्र २०८२,आईतवार Updated
- / 160 Read
काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दायर रिट निवेदनमाथि आज सर्वोच्च अदालत मा सुनुवाइ हुँदैछ।
उक्त रिटको सुनुवाइ न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेल को संयुक्त इजलासमा तोकिएको छ।
यसअघि फागुन २७ गते न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेल को इजलासले पूर्ण सुनुवाइका लागि आजका लागि पेसी तोक्ने आदेश दिएको थियो।
महान्यायाधिवक्ता सविता भण्डारी ले गत पुस ३० गते लामिछानेमाथि अदालतमा विचाराधीन सहकारी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधनसहित फिर्ता लिने निर्णय गरेकी थिइन्।
सो निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र युवराज सफल सहितका कानुन व्यवसायीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
रिटमा उठाइएका विषय तत्काल किनारा लाग्नुपर्ने प्रकृतिको भन्दै अदालतले पूर्ण सुनुवाइका लागि पेसी तोकेको हो।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR